साथमा समर्पित त्यो प्रथम भेट



August 1st, 2018 at The Bakery


झम्सिखेलको त्यो हिमालयन जाभा, कफी पारखीहरुको प्रिय ठाउँ | जाडोयाम त्यसमाथि चिसो सिरेटो संगै त्यो झरी उफ् ! चिसो ले मरी नसक्नुको  थियो | शिशा संगैको मेरो कफी टेबल, अनि बाहिरको त्यो झरीको दृश्य साथमा टरमरिक ल्याट्टेको स्वाद संगैको चुस्कीले न्यानो बनाएको मेरो मन ले तिमि संगको यादगार पलको सम्झना दिलायो | तिमि संगको त्यो पहिलो भेट, कसरी बिर्सनु सक्छु म | मनसुनको महिना  जो थियो , तिमीले  मलाई भेट्नको लागि मेरो कार्य क्षेत्र भएको ठाउँमा नै आउछु भन्यो | त्यहि भएर म बेकरी क्याफेमा तिम्रो प्रतिक्षामा बसे | केहि बेरको प्रतिक्षामा तिम्रो आगमन भयो | त्यो हाम्रो पहिलो भेट , न त् तिमिलाई म संग बोल्न सजिलो भएको थियो न त मलाई नै , त्यो पहिलो भेटको हिच्किचाहट संगको कफीको चुस्की संगै केहि सानो चिना परिचयमै सकियो | बाहिर निस्कंदा सांझ झमक्कै परिसकेको थियो, त्यहि त् हो मनसुन, पानीको वर्षा बर्षी हाल्यो | भर्खरैको त तिमि संगको चिनजान तिमीले "म घर छोडी दिन्छु" भन्दा , अफ्ठेरो भयो, कसरी हुन्छ भनु भनेर | फेरी अर्को विकल्प पनि थिएन, अफ्ठेरो मानेर भए पनि तिमि संग तिमिले ओडेको  डबल रेनकोट ओडेर गएँ |  तिमीले मेरो घर बाहिरको सडक सम्म छोडी दियो मलाई , त्यो हाम्रो पहिलो भेट हुँदा सायद तिमीलाई पनि लागेको थिएन होला हाम्रो सम्बन्ध कति को सुमधुर बन्दै जान्छ भनेर |


उम्........! अहिले सोच्दा अचम्म लाग्छ | तिमीले पनि मैले जस्तै चस्मा लगाउंदो रहेछौ , यति कुरा चाही पक्का भयो कि  मेरो आँखामा जस्तै तिम्रो आँखामा पनि केहि समस्या रहेछ | मलाई चसमिस भनेर बोलाउदा त्यसको जवाफमा पनि त मैले तिमीलाई त्यहि शब्दले बोलाउने मौका पाउछु नि त | यसै त "दारी ग्यांग" को उत्साह जनक काम बाट प्रभावित भएको म, मलाई कुनै केटाहरु ले पालेको दारी प्रति कुनै आपति थिएन, बस यति हो कि त्यो उसलाई सुहाउने हुनु पर्यो | त्यस माथि तिम्रो त्यो झ्याप्प परेको दारी, खै कति दिन देखि काटेको थिएन | त्यसमाथि काठमाण्डौको धुलो को कण जति सबै तिम्रो दारीमा जमेर बसेको थियो | कालो तिम्रो दारी धुलोले पुरै खैरो देख्या थियो | सम्झिन्दै अचम्म लगेर आउछ त्यो पहिलो भेटको स्मरण गर्दा | म पनि त कता म्यकअप गर्ने खालको मान्छे थिएँ र | सायद कपाल मुट्ठा परेको थिएँ , काम ले थकित अवस्थामा तिमीलाई कुरेर बसेको त थिएँ नि |


कफीको चुस्की संगैको त्यो हाम्रो पहिलो भेट , झरी परेको त्यो साँझ हाम्रो लागि त्यो झरी जीवन को मोडमा साथ साथै अघि बढ्ने साइत लिएर आयो | हरेक झरीमा यादगार पल को रुपमा संधै सम्झनामा रही रहेने छ | 





Comments

Post a Comment

Popular posts from this blog

उनि पात्र

उपहार तिम्रो त्यो जन्म दिनको