उनि पात्र

उनि पात्र, एक्लै छैनन् | सबै पात्रलाई सम्बोधन गर्ने उनि पात्र निक्कैनै साहसी छिन् | उनीको अतितको घटना कोट्याउने हो भने याँहा थुप्रै कथाको शृजना हुने थियो | तर चाहिन त्यो अतितको कालो रात सम्झाउन | बालककाल के हो भन्न नपाईकनै जीवनको संघर्ष सुरु भएको उनिको जीवनमा कैयौ समय त घामनै परेन | शिक्षाको ज्योतिको त के कुरा गर्नु प्रकृतिले दिने घामको उज्यालो समेत परेन | बालक कालको त्यो अन्धकारमय जीवन भबिष्यको किरण तर्फ लम्किदै थियो | दुखका दिनहरु कुन दिन देखि सुरु भयो नै भन्न नसक्ने अवस्था देखि झेल्दै आएको दुखको संसारमा एकदिन अचानक घामको झुल्को पर्यो र जादुको छडी घुमाएको जस्तै गरी जीवनको अँधेरो बादल हट्यो |

हराएको मृगको पाठाले आफ्नो आमाको आभाष पाए संगै उफ्रिदै, फुरफुर पर्दै आमाको समिप गएको जस्तै उनि को पनि भेट आफ्नो परिवार संग भयो, कहिले बिछोड नहुने गरी | प्रकृतिको घामको उज्यालो को छत्र छाँया संगै शिक्षाको ज्योतिले पनि आँखा देख्ने सम्म रश्मी फैलायो | अनि सुरु भयो जीवनको अर्को अध्याय |

जमिन्दारी प्रथाको अन्त्य संगै फुकुवा भएको उनि आफ्नै घरमै रम्न थालिन् | जोश जाँगर अनि इच्छा शक्तिले भरिपुर्ण उनको जीवन घरको चार भित्तामा मात्र सिमित रहेन | केहि गर्ने अनि केहि सिक्ने इच्छा शक्तिको अगाडी लम्की रहिन् |

Comments

Popular posts from this blog

साथमा समर्पित त्यो प्रथम भेट

उपहार तिम्रो त्यो जन्म दिनको