Posts

Showing posts from October, 2020

साथमा समर्पित त्यो प्रथम भेट

Image
August 1st, 2018 at The Bakery झम्सिखेलको त्यो हिमालयन जाभा, कफी पारखीहरुको प्रिय ठाउँ | जाडोयाम त्यसमाथि चिसो सिरेटो संगै त्यो झरी उफ् ! चिसो ले मरी नसक्नुको  थियो | शिशा संगैको मेरो कफी टेबल, अनि बाहिरको त्यो झरीको दृश्य साथमा टरमरिक ल्याट्टेको स्वाद संगैको चुस्कीले न्यानो बनाएको मेरो मन ले तिमि संगको यादगार पलको सम्झना दिलायो | तिमि संगको त्यो पहिलो भेट, कसरी बिर्सनु सक्छु म | मनसुनको महिना  जो थियो , तिमीले  मलाई भेट्नको लागि मेरो कार्य क्षेत्र भएको ठाउँमा नै आउछु भन्यो | त्यहि भएर म बेकरी क्याफेमा तिम्रो प्रतिक्षामा बसे | केहि बेरको प्रतिक्षामा तिम्रो आगमन भयो | त्यो हाम्रो पहिलो भेट , न त् तिमिलाई म संग बोल्न सजिलो भएको थियो न त मलाई नै , त्यो पहिलो भेटको हिच्किचाहट संगको कफीको चुस्की संगै केहि सानो चिना परिचयमै सकियो | बाहिर निस्कंदा सांझ झमक्कै परिसकेको थियो, त्यहि त् हो मनसुन, पानीको वर्षा बर्षी हाल्यो | भर्खरैको त तिमि संगको चिनजान तिमीले "म घर छोडी दिन्छु" भन्दा , अफ्ठेरो भयो, कसरी हुन्छ भनु भनेर | फेरी अर्को विकल्प पनि थिएन, अफ्ठेरो मानेर भए पनि तिमि संग ...