उपहार तिम्रो त्यो जन्म दिनको
तिम्रो बिशेष दिनको लागि मैले केहि पस्किन नसके पनि प्रिय , तिम्रा लागि केहि शब्दहरु कोर्ने प्रयास गरे | तर त्यो शब्द पनि कता कता म बाट भाग्दै थियो | तिमि संग बिताएका ति सम्पूर्ण पलहरु सम्झिन्दै थिएँ तर पनि त्यसलाई शब्दहरुमा अनुवाद गर्न सकिन, झन् त्यसैमा पो मत मस्तक भएर बसेछु | तिमि संग लोभिएकी म , तिमि संग पल्किएकी म तिम्रा हरेक अवयवहरुमा भेटिएको माधुर्यतामा नतमस्तक म , बस त्यहि लोभ , इर्ष्या को बखान तिम्रो जन्म दिनमा फेरी पोख्न मन लाग्यो |
अनौठो इच्छा जागेर आयो प्रिय,
इर्ष्या अनि लोभ ले भरिएको
तिम्रा ति मुस्कान हेरी रहुँ जस्तो लाग्छ
तिम्रा ति हाँसो चाखी रहुँ जस्तो लाग्छ
अनि तिम्रा ति हरेक गतिविधि मेरै लागि मात्र होस् जस्तो लाग्छ
डाहले भरिएको यो इच्छा संधै भरी मेरै होस् जस्तो लाग्छ
आँखामा झल्केको तिम्रो यो मुस्कान मेरै लागि होस् जस्तो लाग्छ
तिम्रो मायाको हरेक भाव मेरै होस् जस्तो लाग्छ
अनौठो इच्छा जागेर आयो यो मनमा इर्ष्या अनि लोभले भरिएको
संधै भरि मेरै लागि होस् जस्तो लाग्छ , तिम्रा ति हरेक अवयवहरु
|| जन्म दिनको शुभकामना छ प्रिय तिमीलाई ||

Comments
Post a Comment