Posts

उपहार तिम्रो त्यो जन्म दिनको

Image
                        उपहार तिम्रो त्यो जन्म दिनको के दिऊ भनेर सोच्दै पो दिन     बितेको पत्तै पाइनछु प्रिय | सोच्दै थिएँ केहि बिशेष उपहार तिमीलाई     दिन्छु भनेर  | तर त्यो बिशेष उपहार चाहिं के हुन सक्थियो त् भन्ने सोच     मग्नतामा दिन कति छिटो बिती सकेछ | पात्रोमा दिन गन्ती गर्दै बसी     राखेको थिएँ तर हेरन , दैनिक दिनचर्याको व्यस्तताले त् मैले भुसुक्कै     बिर्सेछु | तिमीलाई के त्यस्तो बिशेष उपहार दिऊ भन्ने कुरा सोच्नै सकिन |  मेरो मानस पटलमा कुनै पनि त्यस्तो सोच फुर्दै फुरेन कि जुन तिम्रो बिशेष  दिनमा , बिशेष उपहार स्वरूप पेश गरूँ |                 तिम्रो बिशेष दिनको लागि मैले केहि पस्किन नसके पनि प्रिय ,      तिम्रा लागि केहि शब्दहरु कोर्ने प्रयास गरे | तर त्यो शब्द पनि कता कता   म बाट भाग्दै थियो | तिमि संग बिताएका  ति सम्पूर्ण पलहरु सम्झि...

साथमा समर्पित त्यो प्रथम भेट

Image
August 1st, 2018 at The Bakery झम्सिखेलको त्यो हिमालयन जाभा, कफी पारखीहरुको प्रिय ठाउँ | जाडोयाम त्यसमाथि चिसो सिरेटो संगै त्यो झरी उफ् ! चिसो ले मरी नसक्नुको  थियो | शिशा संगैको मेरो कफी टेबल, अनि बाहिरको त्यो झरीको दृश्य साथमा टरमरिक ल्याट्टेको स्वाद संगैको चुस्कीले न्यानो बनाएको मेरो मन ले तिमि संगको यादगार पलको सम्झना दिलायो | तिमि संगको त्यो पहिलो भेट, कसरी बिर्सनु सक्छु म | मनसुनको महिना  जो थियो , तिमीले  मलाई भेट्नको लागि मेरो कार्य क्षेत्र भएको ठाउँमा नै आउछु भन्यो | त्यहि भएर म बेकरी क्याफेमा तिम्रो प्रतिक्षामा बसे | केहि बेरको प्रतिक्षामा तिम्रो आगमन भयो | त्यो हाम्रो पहिलो भेट , न त् तिमिलाई म संग बोल्न सजिलो भएको थियो न त मलाई नै , त्यो पहिलो भेटको हिच्किचाहट संगको कफीको चुस्की संगै केहि सानो चिना परिचयमै सकियो | बाहिर निस्कंदा सांझ झमक्कै परिसकेको थियो, त्यहि त् हो मनसुन, पानीको वर्षा बर्षी हाल्यो | भर्खरैको त तिमि संगको चिनजान तिमीले "म घर छोडी दिन्छु" भन्दा , अफ्ठेरो भयो, कसरी हुन्छ भनु भनेर | फेरी अर्को विकल्प पनि थिएन, अफ्ठेरो मानेर भए पनि तिमि संग ...

उनि पात्र

उनि पात्र, एक्लै छैनन् | सबै पात्रलाई सम्बोधन गर्ने उनि पात्र निक्कैनै साहसी छिन् | उनीको अतितको घटना कोट्याउने हो भने याँहा थुप्रै कथाको शृजना हुने थियो | तर चाहिन त्यो अतितको कालो रात सम्झाउन | बालककाल के हो भन्न नपाईकनै जीवनको संघर्ष सुरु भएको उनिको जीवनमा कैयौ समय त घामनै परेन | शिक्षाको ज्योतिको त के कुरा गर्नु प्रकृतिले दिने घामको उज्यालो समेत परेन | बालक कालको त्यो अन्धकारमय जीवन भबिष्यको किरण तर्फ लम्किदै थियो | दुखका दिनहरु कुन दिन देखि सुरु भयो नै भन्न नसक्ने अवस्था देखि झेल्दै आएको दुखको संसारमा एकदिन अचानक घामको झुल्को पर्यो र जादुको छडी घुमाएको जस्तै गरी जीवनको अँधेरो बादल हट्यो | हराएको मृगको पाठाले आफ्नो आमाको आभाष पाए संगै उफ्रिदै, फुरफुर पर्दै आमाको समिप गएको जस्तै उनि को पनि भेट आफ्नो परिवार संग भयो, कहिले बिछोड नहुने गरी | प्रकृतिको घामको उज्यालो को छत्र छाँया संगै शिक्षाको ज्योतिले पनि आँखा देख्ने सम्म रश्मी फैलायो | अनि सुरु भयो जीवनको अर्को अध्याय | जमिन्दारी प्रथाको अन्त्य संगै फुकुवा भएको उनि आफ्नै घरमै रम्न थालिन् | जोश जाँगर अनि इच्छा शक्तिले भरिपुर्ण...