उपहार तिम्रो त्यो जन्म दिनको
उपहार तिम्रो त्यो जन्म दिनको के दिऊ भनेर सोच्दै पो दिन बितेको पत्तै पाइनछु प्रिय | सोच्दै थिएँ केहि बिशेष उपहार तिमीलाई दिन्छु भनेर | तर त्यो बिशेष उपहार चाहिं के हुन सक्थियो त् भन्ने सोच मग्नतामा दिन कति छिटो बिती सकेछ | पात्रोमा दिन गन्ती गर्दै बसी राखेको थिएँ तर हेरन , दैनिक दिनचर्याको व्यस्तताले त् मैले भुसुक्कै बिर्सेछु | तिमीलाई के त्यस्तो बिशेष उपहार दिऊ भन्ने कुरा सोच्नै सकिन | मेरो मानस पटलमा कुनै पनि त्यस्तो सोच फुर्दै फुरेन कि जुन तिम्रो बिशेष दिनमा , बिशेष उपहार स्वरूप पेश गरूँ | तिम्रो बिशेष दिनको लागि मैले केहि पस्किन नसके पनि प्रिय , तिम्रा लागि केहि शब्दहरु कोर्ने प्रयास गरे | तर त्यो शब्द पनि कता कता म बाट भाग्दै थियो | तिमि संग बिताएका ति सम्पूर्ण पलहरु सम्झि...